अपडेट 
२०७८ बैशाख १४, मंगलवार ०७:१८

लहान । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य रामरिझन यादवले अशोक यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सिरहा अवैध रहेको बताएका छन् ।

पार्टीको बिधि, प्रक्रिया, विद्यान र समायोजन निर्देशिकासँग पटक्कै मेल नखाएको समायोजन अवैध रहेको उनले बताए । सिरहाको गोलबजारमा अशोक यादव नेतृत्वको जसपा समन्वय समिति सिरहाले आयोजना गरेको सिरहा जिल्लाका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा नेता यादवले यस्तो बताए । सिरहा कार्यदलका सदस्य समेत रहेका नेता यादवले भने, गोलबजार नगरमा संजीब यादवको नेतृत्वमा समायोजन भएको नगर समितिलाई अवैध ठहराउनेहरु अशोक यादव नेतृत्वको जसपा सिरहालाई पनि अबैध भन्नुपर्ने बताए । पार्टीमा सबैले एकसाथ मिलेर हिँड्नुपर्ने बताए । त्यस्तै जसपाका केन्द्रीय सदस्य धर्मेन्द्र मोरबैता(पप्पु)ले अशोक यादवसँग पार्टी हाँक्ने कुनै कार्ययोजना र पार्टीको जिल्ला नेतृत्व लिनसक्ने आधार नहुनुको साथै असक्षमता प्रस्तुत गर्दै गरेको बताए । उनले भने, सिरहामा जसपा दिशाहीन गतिमा गईरहेकोले सबैले मिलि ट्रयाकमा ल्याउनै पर्ने अवस्था आइसकेको बताए । एक दुई जना भरौटेहरुले नै जसपा वैकल्पिक शक्तिको बाधक बन्न पुगेको बताए ।

पार्टीको विधान, निर्देशिका र कार्यपद्धति अनुसार पार्टीलाई डोर्याउन सक्ने क्षमता भएकालाई पार्टीको नेतृत्व दिन सुझाव दिए । त्यस्तै जसपाका अर्का केन्द्रीय सदस्य विजय दनुवारले कार्यक्रममा विचार राख्दै जसपा सिरहामा देखिएको विकृतिहरुलाई साम्य पार्नुपर्ने र सबैले एकजुट भई अगाडि बढ्नुको विकल्प नभएको बताए । सिरहा जसपा पार्टी नेतृत्वलाई नेता दनुवारले खुलेरै विरोध गरे । कार्यक्रममा जसपा सिरहाका शीर्षस्थ तहमा रहेका केन्द्रीय सदस्य किशोरी यादव, राजलाल यादव, मनोरञ्जन गोईत, रोहित महतो सिरहा नगरपालिकाका मेयर असेश्वर यादव, प्रदेश कोषाध्यक्ष रेणु यादव, डा. बिरेन्द्र महतो लगायतले अशोक यादवको काम र उसको नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका थिए । जसपा नेपाल गोलबजार नगरमा समानान्तर नगरसमिती समेत रहेका छन् भन्ने सिरहा जिल्ला समन्वय समिति पनि समायोजन निर्देशिका बिपरित समायोजन भएको भन्दै जिल्लामा ब्यापक असन्तुष्टि रहेको छ ।

Comment


Related News

Latest News

Trending News