२०७८ बैशाख १४, मंगलवार ०७:२३

कोरोना भाइरसको संक्रमण बढने क्रम जारी रहेको बेला धनुषा जिल्लामा जानकी मेडिकल कलेजको रमदैयास्थित शिक्षण अस्पताललाई कोरोना अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्टको प्रकोप बढन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सर्वपक्षिय छलफलमा कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि मेडिकल कलेजको शिक्षण अस्पताल रमदैयालाई कोभीड–१९ अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरिएकोछ । उक्त छलफलमा अस्पतालमा थप सेवा सुविधाका लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ् । संक्रमितको उपचारमा सो अस्पतालको शैय्या नपुग भए अन्य निजी अस्पतालहरुलाई समेत बनाउन सकिने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जनाए । गत वर्षपनि सो अस्पताललाई कोभीड–१९ अस्पतालको रुपमा प्रयोग गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News