अपडेट 
२०७८ बैशाख १४, मंगलवार १३:०७

दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीले हमला गरेका छन् ।

सोमबार बन्दुकधकधारीले एक प्रहरी चौकीमा हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएका हुन् । इमो राज्यका एक प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।

Comment


Related News

Latest News

Trending News