अपडेट 
२०७८ बैशाख १४, मंगलवार १३:४०

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा कोरोना भाइरसको संक्रमण फैलिनुमा धेरै भिडभाड गरेर चाडपर्वलगायत कार्य आयोजना गर्नु मूख्य कारण रहेको जनाएको छ ।

डब्ल्यूएचओले कोरोनाको भारतीय भेरियन्ट बढी खतरनाक रहेको निष्कर्षमा पुग्न हतार नगर्न चेतावनी पनि दिएको छ । भारतमा कोरोना संक्रमण बढ्नुमा नयाँ भेरियन्ट कति जिम्मेवार छ भन्ने प्रष्ट नभएकोले यसलाई ‘चिन्ताजनक’ भनेर वर्गीकरण नगरिएको डब्ल्यूएचओले प्रस्ट पारेको छ । धेरै भिडभाड गरेर चाडपर्वलगायत कार्य आयोजना गरेकाले संक्रमण तीव्र रुपमा फैलिएको डब्ल्यूएचओकी प्रवक्ताले टाइम्स अफ इण्डियालाई बताएकी छिन् । डब्ल्यूएचओले कोभिड–१९ को दक्षिण अफ्रिकी, ब्राजिलियन र बेलायती भेरियन्टलाई मात्र ‘चिन्ताजनक भेरियन्ट’को रुपमा वर्गीकरण गरेको छ । नयाँ भेरियन्ट भारतमा सन् २०२० डिसेम्बर १ मा भेटिएको थियो । भाारतमा महामारी फैलनुमा बेलायती भेरियन्ट समेत जिम्मेवार हुन सक्ने जनाइएको छ ।

सोमबार मात्र भारतमा तीन लाख ५२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comment


Related News

Latest News

Trending News