अपडेट 
२०७८ बैशाख १४, मंगलवार १३:५०

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाराको परवानीपुर गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्जमा योसँगै मंगलबार मात्रै तीनजनाको मृत्यु भएको छ । बिहान मात्रै दुईजना संक्रमितको मृत्यु भएको थियो । ०७७ चैत ३० गते कोरोना संक्रमण पुष्टी भएपछि उनी होम आइसोलेसन मै थिए ।

स्वास्थ्य स्थिति बिग्रिएपछि ०७८ बैशाख ५ गते उनलाई नारायणी अस्पतालमा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ११:४५ मा उनको मृत्यु भएको थियो । कोभिड निमोनियाले ग्रसित उनको एक्युट रेस्पाईरोटरी डिस्ट्रेस सिन्ड्रोमका कारण मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News