अपडेट 
२०७८ बैशाख १५, बुधबार ०७:२७

भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ ।

अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एअरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एअरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ ।दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै उहाँले ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने बताउनुभयो । दिल्लीमा मात्रै पछिल्लो २४ घण्टा २४ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने एकैदिन ३ हजार २ सय ८५ जनाको ज्यान गएको छ ।

भारतमा अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएको छ । अक्सिजनको अभावमा हरेक दिन धेरै सङ्क्रमितले ज्यान गुमाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ । अक्सिजन अभाव भएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एसियाली देशहरुमासमेत अक्सिजनको अभाव हुनसक्ने अनुमान गरिएको छ 

Comment


Related News

Latest News

Trending News