अपडेट 
२०७८ बैशाख १५, बुधबार ०८:०८

दोश्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा पैmलिरहेको बेला प्रदेश २ मा पर्सा र धनुषा ‘हट स्पट’ बन्दै गएको छ ।

पर्सा र धनुषा जिल्लामा दैनिक दर्जनौंको संख्यामा कोरोना संक्रमित फेला परेको छ । दोश्रो लहरको कोरोना आएदेखि पर्सा जिल्लामा दैनिक दर्जनौको संख्यामा संक्रमित फेला पर्न थालेको हो । मंगलबार मात्रै ६५ जना संक्रमित फेला परेको छ । यसअघि सोमबार मात्रै ८६ जना संक्रमित थपिएको थियो । पर्सा जिल्लामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज वडा नं. ६, आदर्शनगर घर भएको ६० वर्षीय पुरुष, वीरगंज वडा नं. २५ सिरसियाको ६५ वर्षीया महिला, वीरगंज वडा नं. ८ पानीटंकीको ३८ वर्षीया महिला र पर्साको बहुदरमाई न.पा. वडा नं. ७ को ४५ वर्षीया महिलाको बैशाख १३ गते कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा भर्ना भई उपचार गराइरहेको क्रममा बैशाख सोमबार साँझ मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ । दोश्रो लहरको कोरोना तीव्र रुपमा पैmलिदा प्रदेश २ को पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ । पर्सा जिल्लामा संक्रमितको संख्या सात सय नाघेको छ । मृतकको संख्या थपिएको हो । प्रदेशमा हालसम्म कोरोनाका कारण २ सय २२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी पर्सामा ६५ जना कोरोनाका कारण ज्यान गुमाएका छन् । सप्तरीमा ४५ जनाको मृत्यु भएको छ भने धनुषा जिल्लामा २५ जनाले ज्यान गुमाएको हो ।

कोरोना महामारी रोक्न प्रदेश २ सरकारले प्रभावकारी तरिकाले काम अगाडी बढाउन सरोकारबाला निकायहरुलाई पटक पटक निर्देशन दिएपनि व्यवहारमा देखिएको छैन् । पछिल्लो समय प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा नै कोरोना संक्रमित भएका छन् । उनी निरन्तर कोरोना महामारी विरुद्धको प्रदेश सरकारको अभियानमा फ्रन्टलाइनरको रुपमा काम गर्दै आएका छन् । संक्रमितको संख्या बढ्दै गएपनि प्रदेशमा आइसोलेसन र कोभिड अस्पताल अभैm संचालनमा आउन सकेको छैन् । गत वर्षमा अस्पतालहरुमा काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउन नसकेर काम गर्न पन्छिएका छन् । केही दिन अघि मात्रै प्रादेशिक प्रयोगशाला र कोभिड अस्पतालमा पुरानै करारका कर्मचारीहरुको नियुक्ती नवीकरण गर्ने बताइएको छ । पछिल्लो समय संक्रमितको संख्या ह्वातै बढेपछि प्रदेशमा पनि केही दिन भित्रै स्थिति भयावह हुने स्वास्थ्यकर्मीहरुको अनुमान छ । सीमामा सवारीसाधन आपतजावत गर्न नदिएपनि पैदल आवतजावत भएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना महामारीको रुप धारण गरिसकेको अवस्थामा प्रदेश २ का जिल्लाहरुमा पनि जोखिम बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानी समेत रहेको धनुषा जिल्लामा पनि पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयलको तथ्यांकले देखाएको छ । मंगलबार मात्रै जिल्लामा १८ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी राजधानी जनकपुरधाममा थपिएको हो । दोश्रो लहरको संक्रमण सुरु भएदेखि धनुषामा संक्रमितको संख्या बढ्दै गएको हो ।

स्थानीय प्रशासनले बिहान सात देखि १० र बेलुका चार देखि सात बजेसम्म बजार खोल्न निर्देशन गरेपनि त्यो कागजमै सीमित भएको छ । संघीय सरकारको निर्देशन अटेर गर्दै जनकपुरका नीजि विद्यालयहरुले चौतर्फी दबाबपछि सोमबारदेखि बन्द गरेका छन् । हटियाहरु बिहान र बेलुका मात्र संचालन गर्न भनिएपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको छैन् । प्रहरीले चोक चोकमा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै छन् । तर, बजारमा भिडभाड भने कम भएको छैन् । मंगलबार बारामा १२, सप्तरीमा १५, सर्लाहीमा १, महोत्तरीमा चार र सिरहामा तीन जना संक्रमित थपिएका छन् । प्रदेशमा १८ हजार ६ सय ३९ जना संक्रमित छन् । जसमा १७ हजार जना निको भएर घर फर्केका छन् । एक हजार ६ सय ३९ जना संक्रमित रहेका छन् । अधिकांश संक्रमित होम आइसोलेशनमा छन् । सरकारले खडा गरेको आइसोलेसनमा संक्रमित बस्न चाहेका छैनन् ।

Comment


Related News

Latest News

Trending News