२०७८ बैशाख १५, बुधबार ११:३४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ। कोरोना महामारीका कारण पार्टीको १४औं महाधिवेशन प्रभावित बन्ने सम्भावना बढेको छ। यसअघि आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिमा महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर छलफल गर्ने सहमति भएको थियो। केन्द्रीय सदस्यको पीसीआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो। महाधिवेशन केन्द्रित भनिए पनि बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा सत्ता समीकरणका लागि गरिएको सहकार्यबारे पनि छलफल हुने बताइएको छ।

Comment

Related News

Latest News

Trending News