अपडेट 
२०७८ बैशाख १५, बुधबार ११:३७

वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख १३ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comment


Related News

Latest News

Trending News