अपडेट 
२०७८ बैशाख १५, बुधबार १३:२०

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा प्रभावित महाराष्ट्रमा ६६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने उत्तर प्रदेश र केरलामा ३२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । कर्नाटकमा पनि थप ३१ हजार संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७९ लाख ९७ हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २९ लाख ७८ हजार नाघेको छ । भारतमा उल्लेख्य संख्यामा कोरोनाको संक्रमण बढेसँगै अमेरिकालगायत केही मुलुकले भारतलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News