अपडेट 
२०७८ बैशाख १५, बुधबार १६:४६

कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन , बुधबार देखि सन्चालनमा ल्याइएको छ  ।

संक्रमितलाइ निशुल्क सेवा दिने गरि एम्बुलेन्स र शव वाहन बुधबार देखि सन्चालनमा आएको हो । म्हानगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गर्नु भएको हो । सांसद यादवको संसदीय विकास कोषको ४६ लाख रुपैयाबाट महानगरपालिकाले खरिद गरेको  एम्बुलेन्स र १ थान  शववाहन खरिद गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालले जानकारी दिए । कोरोना संक्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव हुदा संक्रमित र तीनका आफन्तले निक्कै सास्ती   खेप्नु परेको थियो । त्यसैलाइ मध्जनजर गरि अहिले संक्रमणको दोश्रो लहरमा गत वर्षको जस्तो सास्ती खेप्न नपरोस भनेर एम्बुलेन्स र शववाहन खरिदका लागि महानगरपालिकालाइ ४६ रुपैया महानगरपालिकालाइ दिएको सांसद यादवले बताए । दोश्रो लहरको  महामारीमा आफुले  अझ पनि सकेको जति सहयोग गर्ने प्रतिबद्धा उनले जनाए । महानगरका नगर प्रमुख सरावगीले एम्बुलेन्स र शव वाहन खरिदका लागि सांसद यादवले नै पहल गरेको बताए । बुधबारबाट सन्चालित एम्बुलेन्स र शववाहनको सेवा कोरोना संक्रमतिका लागि निशुल्क उपलब्ध गराउने सरावगीले बताए ।

यसका साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वासथ्यकर्मीका साथ पुगेर महानगरपालिकाले आवश्यक औषधी निशुल्क उपलब्ध गराउने जानकारी पनि उनले दिए । 

Comment


Related News

Latest News

Trending News