अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०७:२०

भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएको छ ।

गएको २४ घण्टामा ३ लाख ७९ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै यो अवधिमा ३ हजार ६ सय ४७ जनाको ज्यान गएको छ । महाराष्ट्रमा मात्रै झण्डै एक हजार जनाको ज्यान गएको छ । यस्तै, पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा झण्डै २६ हजारलाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिम बङ्गालमा १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ३ लाख ६ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण २ लाखभन्दा धेरैको ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News