अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०७:४७

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ का संघिय साँसद रामसहाय यादवले इटहर बेलाही बीचमा पर्ने तियर पुलको एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघिय साँसल यादवले इटहर बेलाही बासीको बर्षौको सपना साकार भएको र यसले यस क्षेत्रको नागरिकहरुलाई फाईदा पुग्ने विस्वास ब्यतm गरेका थिए । धेरै दिन देखि यस क्षेत्रका बासिन्दाहरुलाई पहिला देखि जितेका निर्वाचित प्रतिनिधीहरुले उपेक्षा गर्दै आएकोमा प्रदेश २ सरकारको सहयोगमा पुल निर्माण हुन गौरबको कुरा भएको यादवले भने । करैयामाइ गाउँपालिका वार्ड नं. ८ को वडा अध्यक्ष श्री सुरेन्द्र प्रसाद साहको पहलमा सो पुल निर्माणको कार्य अव थालनी हुने भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा पुल निर्माण हुने भएको छ । वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहको अध्यक्षतामा गरिएको शिलान्यास कार्यक्रममा मामिला तथा योजना राज्यमन्त्री श्रीमती उषा यादव, निर्वाचन क्षेत्र नं. २ (क) को बिधायक सरदाशंकर यादव, करैयामाई गाँउपालिकाका अध्यक्ष भुनेश्वर धामी, करैयामाई गाँउपालिकाका मेयर प्रत्याशित शम्भु प्रसाद यादव, लगायत विभिन्न पार्टीका कर्यकर्ता, बुद्धिजीवी, सामाज सेवक, युवा, महिलाहरुको उपस्थितिमा पुल शिलान्यास गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News