अपडेट 
२०७८ बैशाख १६, बिहीबार ०७:५४

वीरगञ्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवको संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन, बुधबारदेखि संचालनमा ल्याइएको छ ।

संक्रमितलाई निशुल्क सेवा दिने गरि एम्बुलेन्स र शव वाहन बुधबारदेखि संचालनमा आएको हो । महानगरपालिका परिसरमा आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गरेका थिए । सांसद यादवको संसदीय विकास कोषको ४६ लाख रुपैयाँबाट महानगरपालिकाले खरिद गरेको एम्बुलेन्स र १ थान शववाहन खरिद गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले जानकारी दिए । कोरोना संक्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव हुँदा संक्रमित र तीनका आफन्तले निक्कै सास्ती खेप्नु परेको थियो । त्यसैलाइ मध्जनजर गरि अहिले संक्रमणको दोश्रो लहरमा गत वर्षको जस्तो सास्ती खेप्न नपरोस भनेर एम्बुलेन्स र शववाहन खरिदका लागि महानगरपालिकालाई ४६ लाख रुपैयाँ महानगरपालिकालाई दिएको सांसद यादवले बताए ।

महानगरका नगर प्रमुख सरावगीले एम्बुलेन्स र शव वाहन खरिदका लागि सांसद यादवले नै पहल गरेको बताए । बुधबारबाट संचालित एम्बुलेन्स र शववाहनको सेवा कोरोना संक्रमतिका लागि निशुल्क उपलब्ध गराउने सरावगीले बताए । यसका साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वासथ्यकर्मीका साथ पुगेर महानगरपालिकाले आवश्यक औषधी निशुल्क उपलब्ध गराउने जानकारी पनि उनले दिए ।

Comment


Related News

Latest News

Trending News