अपडेट 
२०७८ बैशाख १६, बिहीबार ११:३९

कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ ।

‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो ।अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनुपरेको छैन । केही दिनअघि भारतको कुम्भ मेलामा विशेष अतिथिका रुपमा सहभागी भएका पूर्वराजारानी शाही स्नान गरेर फर्किएपछि कोरोना संक्रमण देखिएको थियो ।

Comment


Related News

Latest News

Trending News