अपडेट 
२०७८ बैशाख १६, बिहीबार ११:४८

रौतहटस्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पौराई नजिक एउटा कारबाट २० क्युफिट सालको काठ बरामद भएको छ ।

रौतहटबाट अवैध तरिकाले उक्त काठ सर्लाहीतर्फ लगिरहेको सूचनाको आधारमा खटिएको वन गस्ती टोली र प्रहरीको संयुक्त टोलीले बा६च ६५८३ नम्बरको कारभित्रबाट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवका अनुसार बरामद काठ र गाडीलाई वन कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ । गस्ती टोलीलाई देख्नासाथ चालक फरार भएकाले उक्त कार कसको हो भन्नेबारे खोजीका लागि यातायात कार्यालय वीरगंजमा पत्र पठाउन लागिएको वन प्रमुख यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News