अपडेट 
२०७८ बैशाख १६, बिहीबार १९:५७

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न उच्च स्तरीय बैठकले कोरोनाको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबै भन्दा बढि देखिएको हूँदा प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोष बाट पाँच पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि संक्रमितका लागि सबै भन्दा महत्वपूण औषधी मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णय समेत गरेको छ । बैठकमा सहभागी सरोकारबाला निकायका प्रमुखहरुले कोरोना महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नु पर्ने कदम बारे व्रिफिङ्ग गरेका थिए । आठ वटै जिल्लामा पिसिआर मेसिन संचालनमा आई सकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागी थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नेपाली सेनाका उपरथी सुरेश कार्की, प्रदेश सचिव केशव प्रसाद विमली, याम प्रसाद भुषाल, प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम, अनुसन्धानका निर्देशक हरिहर पौडेल, स्वास्थ्य आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार डा. विनोद कुमार यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्र, मुख्यमन्त्री कार्यालयका सिडिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News