अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०६:२५

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार ६ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ६ सय २३ जनाको मृत्यु भएको हो ।

योसँगै शुक्रबार बिहानसम्ममा भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ लाख ७८ हजार बढी पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा आठ लाख ७५ हजार एक सय ४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड १० लाख ९६ हजार बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ करोड ८९ लाख ७४ हजार बढी निको भइसकेका छन् भने विश्वभर हाल सक्रिय संक्रमित एक करोड ८९ लाख ४४ हजार रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा मात्र तीन हजार पाँच सय बढीको मृत्यु भएको छ भने ब्रजिलमा पनि तीन हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Comment


Related News

Latest News

Trending News