अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०७:१९

बैशाख महिनाको पहिलो हप्ता देखि रौतहटमा देखा पर्न लागेका कोरोना भाइरसको दोस्रो लहरले जनजीवन आक्रान्त बन्दै गएको छ । २०७७ साल फाल्गुन महिनामा चीनको हुवान शहरबाट फैलिएको वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट आहात भएका नेपाली नागरिक दोस्रो भेरिएन्टको तिब्र लहरले सन्त्रास सृजना गरेको हो । कोभिड १९ विरुद्धको खोप आए संगै भाइरसको संक्रमणबाट जोगिन सकिने झिनो आशा पलाएका थिए भने दोस्रो लहरले अव कसरि बाच्ने भनि चिन्ताले सताउन थालेको सर्व साधारणको भनाइ रहेको छ । छिमेकी मुलुक भारतको वर्तमान अवस्था देखेर नेपालका आम नागरिकलाइ स्वाश्थ्यको चिन्ता थपिएको हो । हावाको गति जस्तो संक्रमण फैलिदै जादा सुरक्षित कसरि हुने , संक्रमित हुन पुगेको बेला स्तरीय स्वास्थ्य उपचारको सुविधा कहा पाउने लगायतका विषय चिन्तन मनन गर्ने अवस्था मन मस्तिक्समा बास लिएको छ ।

रौतहटमा २ हप्तामा सक्रिय संक्रमितको संख्या एक सय भन्दा बढी पुगेकोले चिन्ताको विषय बनेको छ । पहिलो लहरको नियन्त्रण गर्नका लागि स्थानीय तहका प्रमुखहरुले देखेको सक्रियता दोस्रो लहरमा निस्कृयताको भूमिकामा देखिएकोले संक्रमणबाट जोगिन ठुलो चुनौतिपूर्ण अवस्थाको सृजना गरेको स्थानियहरुले बताएको छ । जिल्ला अस्पताल गौरमा चिकित्सकको अभाव , आक्सिजनको अभाव र आइसुलेशनको अभावले संक्रमित व्यक्तिलाइ घरमै छटपटिनु पर्ने अवस्थामा पुर्याएको छ । कोभिड १९ बाट संक्रमित भएका एक जना महिलाको पिडा यस्तै हो । विटिएम परिक्षणको रिपोर्टबाट पोजेटिभ देखिएर होम आइसुलेशनमा आइसुलेट भएकी उक्त महिलाले कुरा गर्दै आइसुलेशनको व्यवस्था नभएकोले समस्या भोग्नु परिरहेको गुनासो गरिन । स्वास फेर्न गार्हो हुदा चिकित्सकलाइ फोन सम्पर्क गर्दा हेर्न समेत नआएको दुखेसो पोखिन । उनले भनिन चिकित्सकहरुले चासो लिरहेको छैन उपचारको अभाव ले ज्यानै गुमाउने अवस्था आएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ व्यवस्थापन गर्न फोन गर्दा फोन उठाएन , डाक्टरलाइ समस्या राख्दा बुझ्न आएन शरीरको दुखी टाउको दुखाई तथा स्वास फेर्न समस्याको आभास हुदा समाधानको लागि सल्लाह माग्दा पनि चिकित्सकले बास्ता नगरेको आरोप पिडितको रहेको छ । बढ्दै गईरहेको संक्रमणको नियन्त्रण गर्न जिल्ला कोभिड १९ सकट व्यवस्थापन समितिको बैठक नियमित जारी रहे पनि उपलव्धि भने शुन्य रहेको छ । संघीय संरचनामा स्थानीय सरकारको दायित्व बढी भएपनि रौतहटका स्थानीय सरकारका प्रमुखहरु दोस्रो लहरको जोखिम न्यूनीकरण गर्न उत्सुकता देखाई रहेको छैन ।

प्रमुख जिल्ला अधिकारी यादवले भने पटक पटक सक्रिय हुनलाइ नगर प्रमुखहरुलाई आग्रह गर्दा पनि चलाएमान हुन सकेको छैन । जिल्ला अस्पतालमा स्थापना गरिएको पिसिआर लैव आर्थिक समस्या र जनशक्तिको अभावको कारण बन्द हुने अवस्थामा रहेको उल्लेख गरेका छन । महामारीको बेलामा चाहिने साधन स्रोत प्रयाप्त हुनु पर्नेमा अभाव रहेकोले मानिसको जीवन खतरामा रहेको छ । संक्रमणको दरले बजारमा सर्व साधारणको चहल पहलमा कमि आएका छ । ज्यालादारी गरि जीवन विताउदै आएका समुदायका व्यक्तिलाइ लक डाउन हुने चिन्ता छ भने सम्पन्न परिवारलाइ संक्रमित हुने डरले पिरोलिरहेका छन । व्यापारीहरुले बन्दाबंदीको हल् ला सुन्दा बढी फाइदा लिने उदेश्यले भण्डारण गर्न लागेका छन । बजार अनुगमन हुने अवस्था नरहेकोले व्यापारीहरुले मनोपोली ढंगबाट मुल्य वृद्धि गरेर समान विक्री गर्ने गरेकोले गरिव ,विपन्न , दलित परिवार एवं आर्थिक अवस्था कमोज भएका परिवारलाइ कसरि छाक टार्ने चिन्ता छाएको छ । नेपाल भारत सिमा खुल् ला रहेकोले आवागमन जारी रहदा संक्रमण उच्च हुने खतरा बढेको छ । सिमावर्ती क्षेत्रबाट हुने आवागमनलाइ नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको भएपनि दैनिकी जीवन विताउन खाध्य सामग्री खरिद गर्न ज्यान जोखिममा राखेर सिमापारी जानु पर्ने अवस्था रहेको छ । औषधि उपचार , खाध्य सामग्री खरिद गर्न भारत मै पुग्नु पर्ने बाध्यता रहेको स्थानीय राजहर यादव ले बताएका छन । नेपाल सरकारले दैनिक उपभोग्यको बस्तु आपूर्ति गर्न नसकेको कारण बाध्यताबस जीवन जोखिममा राखेर भारत जानु परेको उहाको तर्क रहेको छ ।

कोभिड १९ को संक्रमित व्यक्तिहरु घरमा बस्ने गरेको कारण संक्रमण फैलिन सम्भावना बढेको हुदा यसको नियन्त्रण गर्न समय मै क्वारेंटाइन र आइसुलेशन वार्डको व्यवस्थापन गर्ने जरुरी देखिएको छ । अपुग भैरहेको आर्थिक समस्यालाइ समाधान गर्न संघीय सरकार , प्रादेशिक सरकार तथा स्थानीय सरकार गम्भीर हुनुको विकल्प नरहेको जानकारहरुको भनाइ रहेको छ । स ब् त्र m िम त ह रु ल ा र्इ आक्सिजनको आवश्यकता परिरहेकोले अक्सिजनको प्रयाप्त व्यवस्था जिल्ला अस्पतालहरुमा गर्नु पर्ने आवश्यकता रहेको छ । कोरोना संक्रमित भएकोलाइ उपचारको दरिलो व्यवस्थापन , औषधिको आपूर्ति , दक्ष अनुभवी चिकित्सकको व्यवस्थापन गर्न तिनै तहका सरकारको दायित्व रहेको छ ।

Comment


Related News

Latest News

Trending News