अपडेट 
२०७८ बैशाख १७, शुक्रबार ०७:३९

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् ।

विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले सो अभिव्यक्ति दिएका हुन् । उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ । उनले भने, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News