अपडेट 
२०७८ बैशाख १७, शुक्रबार १०:५३

प्रदेश नं,२ सरकारका सामाजिक बिकास मन्त्री माननीय नवलकिशाेर साहले आज मलंगवा अस्पताल सर्लाहीमा आज देखि संचालन हुने गरि PCR प्रयाेगशालाकाे समुदघाटन गर्नु भएकाे छ ।

प्रदेश नं, २ बाट सहयाेग प्रापत pcr प्रयागशालाकाे उदघाटन भएकाे हाे । यश संगै प्रदेश सरकारले एउटा शववाहन र एमबुलेनस समेत सहयाेग गरेका छन । ढिलाे भएपनि pcr प्रयाेगशाला संचालन भएपछि जिल्लाका अाम जनतालाई बिरगंज र जनकपुरमा काेराेना चेकजाच गराउने झंझटबाट छुटकारा भएकाे संघिय सासंद प्रमाेद साहले बताउनु भयाे । याे दुईवटा वाहन पनि आजै देखि संचालन हुने मलंगवा असपताल सर्लाहीका लेखा अधिकृत सुदिप गाैतमले बताउनु भयाे । भनसार छुटमा खरिद भएकाे याे दुईटा वाहन संचालन भएपछि सर्लाहीका जनताले थप सुविधा पाएकाे गाैतमले बताए । pcr प्रयाेगशाला मलंगवामा उदघाटन भएपछि स्थानीयहरू खुसि व्यक्त गरेकाे छ । सर्लाहीमा अाज सम्म १३५ जनाकाे pcr चेकजाँच भएकाेमा ४७ जना ब्यक्ति काेराेना संक्रमित भएकाे छ, भने ४ जना पुरूषकाे काेराेना संक्रमणबाट मृत्युु भएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तमाङले जनाएकाे छ ।

Comment


Related News

Latest News

Trending News