अपडेट 
२०७८ बैशाख १७, शुक्रबार १५:५१

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताएका छन् । पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका प्रदेसशभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे जनता समाजवादी पार्टीबाट दलबाट निष्कासन गरेको पत्र आइपुगेको भनी बिहीबार लुम्बिनी प्रदेश सरकारले सूचना जारी गरेको थियो ।

प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ । तर जसपाका दुईमध्ये एक अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक नै नबोलाइएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

Comment


Related News

Latest News

Trending News