२०७८ बैशाख १८, शनिबार ०७:१२

भारतको विहार राज्यका मुख्यसचिव अरुणकुमार सिंहको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

पटनाको एक अस्पतालमा शुक्रबार उहाँको निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिनुभयो। जनता दल युनाइटेडका सर्वोच्च नेता नीतिश कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि सिंह यसैवर्षको फेब्रुअरीमा विहारको मुख्य सचिव नियुक्त हुनुभएको थियो । ।

Comment

Related News

Latest News

Trending News