अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:२१

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । 

शुक्रवार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।यस्तै बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सरकारी कार्यालय र बैंक वित्तीय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । सरकारले क्वरेण्टीनसहित खुला राखेका नाकाहरू काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै बैठकले सङ्घीय मन्त्रीलाई प्रदेश समन्वय गर्ने गरी खटाउन मन्त्रिपरिषदमा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुरु गर्ने भए कामदार, कर्मचारीलाई निमार्णस्थलमा नै राख्नुपर्ने छ । उद्योगहरू सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वरेण्टीन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ ।

क्वरेण्टीनका रूपमा रहेका होटललाई थप व्यवस्थित गर्ने निर्णय बैठकले गरेकाे छ ।   

Comment


Related News

Latest News

Trending News