अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:४०

कोरोना नित्य नया“ रेकर्ड बनाउ“दै छ । संक्रमित संख्या , संक्रमित प्रतिशत तथा संक्रमितहरुको मृत्युको संख्या तथा तीनै तहका सरकारको निकम्मापनको विश्लेषण गर्दा कोरोना नित्य नया“ रेकर्ड बनाएको प्रष्टै देख्न सकिन्छ । शुक्रवार एकै दिनमा संक्रमितको संख्या ५ हजार ६ सय ५७ पुगेको छ । यस महाामरीबाट जीवन त्याग गर्नेको संख्या पनि गत दुई दिनदेखि ३० भन्दा माथि छ । शुक्रवार ३३ जनाको मृत्यु भएको छ भन्ने विहीवार ३५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए । स्थिती कतिसम्म भयावह छ भन्ने अनेकौ परिवारका सम्पूर्ण सदस्य संक्रमित छन् । विरामीलाई स्याहार गर्ने मानिस छैन ।

शुक्रवारसम्म देशमा ३८ हजार ८ सय १३ सक्रृय संक्रमित छन् । तीमध्ये ३६ हजार १ सय ३५ होम आइसोलेशनमा तथा २ हजार ६सय ७५ संस्थागत आइसोलेशनमा छन् । कडा लक्षण भएका ३सय ३१ जना आईसीयूमा तथा १ सय १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिदैछ । स्वास्थ्य मन्त्रालयको यस रिपोर्टले के देखाउछ भन्ने सकृय संक्रमित करीव ३९ हजारमध्ये करीव ३६ हजार आफ्नै खर्चमा , आफ्नै साधन श्रोतको प्रयोग गरी आफ्नै घरमा उपचार गराई राखेका छन् । बाकीका करीव ३ हजारको व्यवस्थापन सरकारले गरेको छ । प्रदेश २ को अवस्था छ त झन उदेक लाग्दो छ । पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म आठ जिल्लामा विभाजित प्रदेशको जनसंख्या करीव ६० लाख छ तथा विहीवारसम्म कुल १ हजार ८ सय ६४ संक्रमितमध्ये १ हजार ७ सय ९८ होम आइसोलेशनमा छन भन्ने ६६ जना प्रदेश २ का विभिन्न अस्पतालहरुमा संस्थागत आइसोलेशनमा रही उपचार गराई रहेका छन् । घोषणामा हीरो तथा कार्यान्वयनमा जीरो देखिएको प्रदेश २ को घोषणावहादुर सरकारको व्यवस्थापन त झन लाज लाग्दो छ । प्रदेशका आठै वटा जिल्लामध्ये एउटैमा पनि क्वारेन्टाईन छैन । क्वारेन्टाईन नै संचालन नभएपछि यसमा मानिस बस्ने कुरै उठेन । ६० लाख जनसंख्या भएको प्रदेश २ को सप्तरीमा २ सय ५० ,सिरहामा १०० , धनुषामा ४२ , रौतहटमा ८४ , बारामा १५ तथा पर्सामा १सय ५ बेड क्षमताको आइसोलेशन संचालनमा छन् ।

महोत्तरी र सर्लाहीमा आइसोलेशनसमेत संचालनमा आउन सकेको छैन । ती आइसोलेशनहरुमा कुल ६६ जना उपचार गराई रहेका छन भन्ने १ हजार ५७ जना आफ्नै घरमा जेन तेन प्रकारेण उपचार गराउदैछन् । कोरोना व्यवस्थापन तथा उपचारको क्षेत्रमा प्रदेश २ को अवस्था कर्णालीभन्दा पनि कमशल रहेको तथ्यांकहरु देखाउ“छन् । प्रदेशको घोषणाबहादुर सरकार गत वर्षनै मनिपाल मेडिकल कलेजमा २ सय बेडको अस्थायी कोरोना अस्पताल बनाउने घोषणा गरेको थियो । जो हालसम्म बन्न सकेको छैन । गतवर्ष सपहीमा संचालित कोरोना अस्पतालबारे पटक पटक घोषणा गरिएको छ तर अझै संचालन हुन सकेको छैन । जानकी मेडिकल कलेजमा हालसम्म आइसोलेशन संचालन हुननसकेको प्रदेश सामाजिक विकास मन्त्रालयको कोरोना अपडेटबाटै प्रमाणित हुन्छ । पछिल्लो पटक प्रदेश सरकारले जटिल प्रकृतिका कोरोना संक्रमितहरुका लागी लाभदायक मानिने रेनडिसिभर औषधि खरीद गर्ने निर्णय गरेको छ । भारतमा समेत सहजै प्राप्त नहुने यो औषधि खरीद प्रक्रृया बारे भने सरकारका प्रवक्ताले केही खुलाएका छैनन । औषधि कहिलेसम्म खरीद हुने ? खरीद प्रक्रृया तथा औषधि वितरण मापदण्ड बारे केही खुलाइएको छैन । विना मापदण्ड औषधि वितरण गर्दा हुनसक्ने अनियमितता हामी सबैलाई थाहा भएकै विषय हो । समग्रमा औषधि खरीद गर्ने निर्णय सकारात्मक हो तर हालम्म अक्सिजनसहितको आइसोलेशन तथा भेन्टिलेटरसहितको कोभिड १९ लक्षित अस्पताल संचालन हुन नसक्नु चहि खेदजनक हो । यस विषयमा पक्ष विपक्षमा रहेका राजनीतिक दल , नागरिक समाजका अगुवा तथा युवा संघ संगठनहरुको उदासीनता दुखद छ ।

गत वर्ष देखिएको कोभिड १९ को पहिलो लहर वैश्विक थियो भने यस वर्ष देखिएको दोश्रो लहर नेपाल र भारतको लागी महाशंकट बनेर आएको छ । यस विपदाबाट जोगिन पक्ष प्रतिपक्ष तथा सम्पूर्ण निकायको ध्यान एकिकृत हुनु पर्ने थियो जो हुन सकेको छैन । कोभिडले मावन स्वास्थ्यमामात्र होइन , बालबालिकाहरुको पठन पाठनमा , उद्योगी व्यावसायीहरुको उद्योग व्यावसायमासमेत नकारात्मक प्रभाव पारेको छ । कोभिड सिर्जित समस्याको समाधान गर्न एकिकृत प्रयासको तात्पर्य हो उद्योग मन्त्रालयले कोभिडबाट प्रभावित उद्योगी व्यावसायीहरुको हितमा योजना बनाउनु , सामाजिक विकास मन्त्रालयले उपचार तथा भौतिक संशासनको जोहो गर्नु अनि सूचना मन्त्रालयले यस विषयमा प्रचार प्रसार गर्नु तर के प्रदेश २मा एकिकृत प्रयास हुन सकेको छ ? छैन । कोरोना संक्रमितहरुको उपचारको लागी बेड आभाव छ । क्वारेन्टाइन संचालन हुन सकेको छैन । अक्सिजन आभाव छ । भेन्टिलेटर छैन । औद्योगिक तथा पर्यटन क्षेत्रमा लागेका मजदूरहरु पलायन हुने खतरा बढेर गएको छ तर प्रदेश २ को वन, उद्योग तथा पर्यटन मन्त्रालय हारमूनियम , झाईल , ढोलक वितरण गर्ने योजना अघि सारेको छ । नगरपालिकाभित्र एउटै पनि क्वारेन्टीन वा आइसोलेशन संचालन गर्न नसक्ने मेयरसाहेवहरु सडक, दालान,मठ मन्दिर र मदरसाका भवनहरुको शिलान्यास गर्न व्यस्त छन् ।

नेताजीहरुको मूल ध्येय निजी लाभ तथा भोंट बैकको सुरक्षा हुनु स्वाभाविक हो तर योजनाको प्राथमिकता पनि ठुलै महत्व राख्द छ । जहा“सम्म आम्दानीको कुरा हो त गत कोरोना व्यवस्थापनका लागी खरीद गरिएका साबुन , वेड सिड , तकियामा लाखौं अनियमितता भएको हामी सबैले देखे सुने र पढेकै हौ ।

Comment


Related News

Latest News

Trending News