अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:४७

जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधाम विमान स्थलमा कोरोना हेल्प डेक्सको उदघाटन गरेका छन् ।

पहिलो चोटी कोरोना महामारी तिव्रता लिन थालेपछि पनि उप– महानगरले विमान स्थलमा हेल्प डेक्स स्थापना गरेका थिए । पछि समय समान्य हुँदै गएपछि हेलप डेक्स हटाइएको थियो र शुक्रवार फेरी हेलप डेक्स स्थापना गरिएको हो । विमान स्थल, बस पार्क लगायत बाहिरवाट जनकपुरधाममा प्रवेश गर्ने स्थानहरुमा शरीरको तापक्रम मापन गर्ने (थर्मल गण) र त्यसपछि जनकपुरधाम प्रवेश गर्नदिने उद्देश्यका साथ शुक्रवार हेल्प डेक्स स्थापना गरिएको हो । हेल्प डेक्स उदघाटन समारोहलाई सम्वोधन गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्नो जिउजानको सुरक्षा गर्नकालागि भौतिक दुरी तथा मास्क, सेनिटाइजर र समय समयमा सावुन पानीले हाथ धुनकालागि जनकपुरधामबासी संग आग्रह गरेका छन् । उनले भारतमा अहिले देखिएको महामारी नेपालमा कुन दिन आउने छ त्यसको कुनै समय निर्धारण नभएपनि सचेतना अपनाउन आग्रह गरेका थिए । उनले भने–‘भारतीय आकडाले विश्वलाई दहसतमा ल्याएका छन्, यसवाट हामीलाई बेलैमा सचेत हुनु जरुरी छ ।’

विमान स्थल भएर देश विदेशका विभिन्न भागवाट मान्छेहरु जनकपुरधाम आउने भएका कारणले विमान स्थलमा पहिलो हेल्प डेक्स स्थापना गरिएको हो । नेपालले पनि अहिले दैनिक ४ हजारको आकडा छोई सकेको अवस्थामा जनकपुरधामलाई मात्रै नभई प्रदेशलाईनै सुरक्षित बनाउन आवश्यक रहेको कार्यक्रममा सहभागीहरुको जोड थियो । प्रदेश सरकारले पनि तादरुकता देखाएकै भएपनि विधि प्रक्रियामै बसेर छिटो भन्दा छिटो पिसिआर टेष्ट र चाहिने अतिआवश्यक सामग्री उपलव्ध गराउनकालागि उनीहरुले आग्रह गरेका थिए । थर्मल गण, पिसिआर टेष्ट, भेन्डिटेर, अक्सिजन ग्यासको व्यवस्था मिलाएर राख्न वक्ताहरुले जोड दिए । महामारी आउनु भन्दा पहिला त्यसवाट बच्नकालागि उपायहरु अपनाई सक्नु पर्ने धारणा उनीहरुको थियो । जनकपुरधाम विमान स्थलको माध्ययमवाट दैनिक सयौ जना आउने जाने गर्ने भएकाले सचेतना अपनाउनकालागि उनीहरुले आग्रह गरेका थिए । कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडका लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News