अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:५०

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अविलम्ब शुरु गर्न निर्देशन दिएका छन् ।

प्रदेश लोकसेवा आयोगले गरि रहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले भर्ना प्रक्रिया थाल्न निर्देशन दिएको हो । आयोगले कर्मचारी भर्ना सम्बन्धि क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिंदै मुख्यमन्त्री राउतले क्यालेण्डर अनुसारनै भर्ना प्रक्रिया शुरु गर्नु सुझाव दिए । छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दे आएको कामकाज बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News