अपडेट 
२०७८ बैशाख १८, शनिबार ०७:५६

जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमित बढन थालेपछि भिडभाड हुने सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम नियन्त्रणकालागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकबाट भिडभाड हुने कार्यालय आइतबार देखि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलले बताए । अत्याधिक भिडभाड हुने मालपोत र नापी कार्यालय आइतबार देखि र यतायता कार्यालय सोमबार देखि बन्द गर्ने निर्णय भएको बास्तोलाले बताए । भिडभाड हुने बैक तथा वित्तय संस्थाहरुलाई नगद र रेमिन्टान्स बाहेका काम बन्द गर्ने निर्ण भएको उनले बताए । गाउगाउमा संक्रमित बढन थालेपछि संकट व्यवस्थापन समितिको बैठक नगरपालिकालाई तत्काल २० बेड र गाउपालिमा तत्काल १५ बेडको कोभिड स्पताल सञ्चालन गर्न निर्देशन दिएको छ । गत वर्ष खरिद भएको बेड र अन्य उपकरणहरु प्रयोम ल्याउन समेत संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । धनुषाका १० जना कोरो संक्रमित प्रदेशिक अस्पताल जनकपुरको भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था बिग्रिन नदिन तयारी अवस्तामा अस्पताल राखिएको बास्तोलाले बताए ।

मालपोत र नापी कार्यालय अनिश्चित कालका लागि बन्द
महोत्तरीका भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय आजदेखि अनिश्चित कालका लागि बन्द गरिएका छन् । कोरोना महामारीको दोस्रो लहरबाट गुज्रिरहेको अवस्थामा महोत्तरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्था मध्यनजर गर्दै बढी सेवाग्राहीको भीडभाड हुने मालपोत र नापी कार्यालय शुक्रवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । दुवै कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर आइतबारदेखि दुवै कार्यालयमा अदालती तथा आन्तरिक कामकाज मात्रै हुने र त्यसबाहेक सर्वसाधारण सेवाग्राहीको कुनै पनि कामकाज नहुने जानकारी गराएको छ । यी दुवै कार्यालयमा दैनिक पाँच हजार बढी सेवाग्राहीको भीडभाड हुने गरेको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले कार्यालय आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द रहने जनाइएको छ ।

सिरहा जिल्ला प्रशासनमा आलोपालो सेवा
लहान । जिल्ला प्रशासन कार्यालय सिरहाले आलोपालो सेवा सुरु गरेको छ । कोरोना संक्रमण बढ्दै गएका बेला भीडभाड हुन नदिन आलोपालो सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । आईतवार कर्जन्हा र मिर्चैया नगरपालिकाको सबै वडाका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ । यस्तै सोमवार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको ६ नम्बर वडाबाहेक सबै वडाबासीलाई सेवा दिनेछन् । मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाका सबै वडाबासीलाई सेवा दिइनेछ । यस्तै बुधबार धनगढीमाई नगरपालिकाको १२, १३, १४ नम्बरबाहेकका वडा, सुखिपुर नगरपालिकाको सबै वडा र बिष्णुपुर गाउँपालिकाका वडाबासीले सेवा पाउनेछन् । बिहीबार औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीलाई सेवा दिइनेछ । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाबासीलाई सेवा उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आलोपालो सेवाको सूचना अनुसार मात्र सेवाग्राहीलाई पठाउन सम्बन्धित वडाध्यक्षहरुसँग अनुरोध गरिएको छ ।

Comment


Related News

Latest News

Trending News