अपडेट 
२०७८ बैशाख १८, शनिबार ०८:००

जलेश्वर । महोत्तरीको विभिन्न मठमन्दिरमा पूजा र बली चढाउन रोक लगाइएको छ ।

कोरोना संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना जारी गरेर नित्य पूजा बाहेक सबै पूजा र बली चढाउन रोक लगाएको हो । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिरमा पूजापाठ तथा बली प्रदान कार्यमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकरी दिए । उनले जारी गरेको सूचनामा बलवा नगरपालिकास्थि कारिकस्थान, पिपरा गाउँपालिकास्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिकास्थि अनहेरभाट स्थान लगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीको अत्यधिक भई कोरोना संक्रमण बढ्ने अवस्था देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नत्य पूजाबाहेक अन्य पूजामा रोक लगाइएको उल्लेख छ । कोही कसैले सूचनालाई अटेर गरेको पाइएमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने चेतावनी समेत सूचनामार्फत दिएको छ । यता, धनुषाका मठमन्दिरमा भने नियमित पूजापाठ र भीडभाड भइरहेको छ । तर अझै पनि भीड नियन्त्रण गन नत्य पूजा बाहेक सबै पूजा रोकिएको छैन । जनकपुरको जानकी मन्दिरमा पूजापाठ गर्न साँझ विहान भीडभाड हुने गरेको बुझिएको छ । विगतमा जानकी मन्दिरमा पनि बाहिरका श्रद्धालुलाई पूजापाठ गर्न रोक लगाइएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपनि अहिले श्रद्धालुलाई पूजापाठमा रोक लगाएको छैन ।

Comment


Related News

Latest News

Trending News