अपडेट 
२०७८ बैशाख १८, शनिबार ०८:०५

राजर्षि जनक विश्व विद्यालय अन्तर्गत अनुसन्धान केन्द्र जनकपुरधामद्वारा प्रकासित पहिलो अनुसन्धान जर्नल लोकापर्ण गरिएको छ ।

शुक्रवार एक कार्यक्रम बीच उक्त अनुसन्धान जर्नलको राजर्षि जनक विश्व विद्यालयका भिसि भरत झाले लोकापर्ण गरेका हुन् । राजर्षि जनक विश्व विद्यालय स्थापना भएपछि पहिलो पटक कुनै अनुसन्धान जर्नल प्रकासित भएको हो । लोकापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै भिसि झाले अव प्रत्येक वर्ष ६ महिनाको अन्तरालमा अनुसन्धान मुलक जर्नल प्रकासित गर्ने आफ् नो उदेश्य रहेको बताए । राजा जनक एक एतिहासिक पुरुष रहेको र उहाँको नामले राजर्षि जनक विश्व विद्यालय पनि विश्वमा एउटै रहेकोले पनि यसको गरिमा र महत्व बढेको बताउदै भिसि झाले भने,‘ अध्ययापन, पाठयक्रमसँगै अनुसन्धानमा पनि जोड दिईरहेका छौ । अव प्रत्येक वर्ष कम्तिमा दुई वटा अनुसन्धान जर्नल प्रकासित गर्छौ ।’ कार्यक्रममा राजर्षि जनक विश्व विद्यालयका रजिस्टार महेन्द्र प्रसाद यादवले पनि पहिलो पटक अनुसन्धान जर्नल प्रकासित भएको आफुहरु हर्षित भएको बताए । राजर्षि जनक अनुसन्धान जर्नलका प्रमुख सम्पादक तथा प्रोफेसर रामखेलाउन साहले अनुसन्धान जर्नलमा विभिन्न २७ वटा लेख समावेश गरिएको बताए । त्यसैगरि, जर्नलमा विभिन्न ३० जना लेखकले अनुसन्धान गरेको र ८ वटा लेखक स्वास्थ्यसँग सम्बन्धित रहेको बताए ।

Comment


Related News

Latest News

Trending News