अपडेट 
२०७८ बैशाख १८, शनिबार १०:५१

भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ । ५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् । भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

Comment


Related News

Latest News

Trending News