२०७८ बैशाख १८, शनिबार १७:४९
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि वरिष्ठ नेता खनाललाई आज अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ । त्यहाँ पनि उहाँको स्वास्थ्यमा जटिलता आएपछि नर्भिक अस्पताल लैजाने तयारी गरिएको छ ।



