२०७८ बैशाख १९, आईतवार ०७:२४

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कार तीन बालकको शव फेला परेको छ।

भारतीय नम्बर प्लेट जे ०१ ६६ ०८८५ नम्बरको पार्किङ गरेर राखिएको निशान कारभित्र तीन बालकको शव भेटिएको हो। शव रहेको खबर पाएसँगै ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन । गत माघ महिनादेखि पार्किङ्ग गरेर राखिएको कारमा शव फेला परेको हो । शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

Comment

Related News

Latest News

Trending News