अपडेट 
२०७८ बैशाख १९, आईतवार ०७:४६

कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नियन्त्रण गर्न सप्तरीमा सवारी साधन जोर–बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा शनिवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर–बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने निर्णय गरेको हो । अत्यावश्यक सेवाका तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारी जोर–बिजोर प्रणाली लागु हुने प्रजिअ पोखरेलले बताए । उनका अनुसार वैशाख १९ गते आईतवारबाट जोर–बिजोर प्रणाली लागु हुनेछ । जोर मितिमा जोर र बेजोर मितिमा बेजोर नम्वरका गाडी चलाउने निर्णय भएको छ । निर्णय बमोजिम आईतवार बेजोर नम्वरका सवारी साधन मात्र सडकमा गुडाउन पाइनेछ । यस्तै बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा विक्री गर्ने खाद्यान्न, लत्ता कपडा र तरकारी विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरिएको छ । राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न दिइने छैन । यस्तै गजेन्द्र नारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा पुगेको आइसोलेशन केन्द्र वैशाख १९ गतेदेखि सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन मेसुको जिम्मेवारी तोकेको छ ।

साथै साईकृष्ट अस्पतालमा आइसोलेशन सेन्टर तीनदिन भित्र सञ्चालनमा ल्याउने र त्यस सेन्टरको सुरक्षा व्यवस्था साविक बमोजिम नेपाली सेनाले गर्ने निर्णय पनि गरिएको छ । हनुमाननगर कंकालिनी नपास्थित जिल्ला अस्पताल हाताभित्र आइसोलेशन सेन्टर ५ दिनभित्र सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गरिदिन हनुमाननगर कंकालनी नपा प्रमुखलाई अनुरोध गर्ने निर्णय गरिएको छ । गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याब तथा अन्य स्वास्थ्य जनशक्ति पदपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र भारदह अस्पताल हातात्रि आइसोलेशन सेन्टर सञ्चालनको लागि जनशक्ति व्यवस्थापन गरिदिन प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । अब गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको पिसिआर ल्याबबाट निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । वैशाख १९ गतेबाट ैनिक रुपमा निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउन मेसुको जिम्मेवार तोकिएको छ । कोभिड १९ को संक्रमणका कारण मृत्यू भएकाहरुको शवको अन्त्येष्टी गर्दा बाहिर जिल्लामा उपचारका क्रममा मृत्यू भएकाको हकमा सप्तकोशी नदीको किनारमा र अन्यको हकमा आ–आफ्नो स्थानीय तहको परम्परादेवी लाशको अन्त्येष्टी गर्ने स्थानमा आफ्नो धार्मिक परम्परा अनुसार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै स्थानीय तहले व्यवस्थापन गरेको आइसोलेशन केन्द्र, एम्बुलेन्स, शव बाहन चालु हालमा राख्न सवै स्थानीय तहलाई अनुरोध गरिएको छ । स्थापना भएका आइशोलेशन केन्द्रमा टेलिमेडिसिन सेवाको व्यवस्थापन मिलाउन गजेन्द्र नारायण सिंह अस्पताललाई दिइएको छ ।

Comment


Related News

Latest News

Trending News