अपडेट 
२०७८ बैशाख १९, आईतवार ०७:५१

नेकपाबाट माओवादी केन्द्र छुट्टिएपछि आफना जनप्रतिनिधिलाई धमाधम कारवाहि प्रक्रिया अगाडी बढाएका छन् ।

पार्टी पुराना अवस्थामा आएपनि जनप्रतिनिधि एमाले तर्फ लागेको आरोप लगाउदै माओवादीले कारवाहि प्रक्रिया थालेको हो । रौतटहमा मेयर र उप मेयरलाई कारवाही गरी निलम्बन गरे लगतै माओवादी केन्द्रले पार्टीको अनुशासन बिरुद्ध काम गरेको आरोप लगाउदै महोत्तरी सम्सी गाउपालिका अध्यक्ष शेष फारुक र बाराका ५ जना वडा अध्यक्षलाई कारवाहि प्रक्रिया अगाडी बढाउदै २४ घण्टे स्पष्टिकरण सोधेका छन् । नेकपा मोओवादी महोतरी जिल्ला कार्य समितले सम्सी गाउँ पालिकाका अध्यक्ष शेष फारुकलाई एमाले पार्टीमा लागेको आरोप लगाउदै कारवाहि प्रक्रिया अगाडी बढाएको हो । गाउपालिकाको गाउ सभा, गाडी सुविधा, योजना बाडफाड र प्रशासकिय अधिकृत ल्याउने विषयमा गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच भइरहेको विवादमा पार्टीले गाउपालिका अध्यक्ष फारुकलाई अनुशासन उलंघन गरेको भन्दै कारवाहि प्रक्रिया अगाडी बढाउन २४ घण्टे स्पष्टिकरण सोधको हो । माओवादी केन्द्र जिल्ला कार्य समिति महोतरीका अध्यक्ष तुलस प्रसाद ढुंगानाले पहिलो स्पष्टिकरणको जवाफ चितबुझदो नभएको भन्दै पार्टी अनुशासन र निर्देशनमा नरही पार्टी बिरुद्ध लागेको आरोप लगाउदै राजनीति दल सम्बन्धी ऐन अनुसार बैशाख १५ गते २४ घण्टे स्पस्ष्टिकरण मागेको हो ।

सम्सी गाउँपालिका अध्यक्ष फारुकले स्पष्टिकरणको जवाफ दिंदै आफु नेकपा माओवादी केन्द्र परित्याग नगरेको, पार्टी बिरुद्ध कुनै किसिमको कृयाकलाप नगरी आधिकारिक निर्देशन पालन गर्दै आएको उल्लेख गर्दै आफु नेकपा एमाले वा अन्य दलको सदस्यता नलिएको जवाफ दिएका छन् । माओवादी पार्टी परित्याग नगरेका कारण पार्टीको सदस्यताबाट निष्काशित गर्न नमिल्ने फारुकले तर्क गरेका छन् । सम्सी गाउपालिकाका उप प्रमुख नागनिा देवी यादव र अध्यक्ष फारुक बिचको तालमेल पार्टी निर्वाचित अध्यक्षलाई कारवाहि प्रक्रिया अगाडी बढाएको हो । पार्टी भित्रको जनमोर्चा गुटले पुर्व माओवादी निकट मानिएका अध्यक्ष फारुकलाई निलम्बन गरी उप प्रमुखलाई कार्यवाहक बनाउने उद्येश्यले कारवाहि प्रक्रिया अगाडी बढाएको माओवादी केन्द्रका एक नेताले बताए ।

बारामा ५ वडाअध्यक्षलाई स्पष्टीकरण
पार्टीको हित बिपरित कार्य गर्ने ५ जना वडाअध्यक्षहरुलाई नेकपा माओवादी केन्द्र बाराले २४ घन्टे स्पष्टीकरण सोधेका छन । २०७४ सालको स्थानिय चुनावमा नोपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट जीपतुरसिमरा उपमहानगरपालिका,नगरपालिका र गढीमाई नगरपालिका, प्रसौन्ी गाँउपालिकाका वाडा अध्यक्षहरुले पार्टीको कार्यक्रममा सहभागि नभई अन्य पार्टीको कार्यक्रममा सहभागि भई पार्टीको निर्णयको बेवस्था गर्दै आएको बाराका अध्यक्ष अनिल कुमार श्रेष्ठले बताए । पार्टी पुराना अवस्थामा भइ सके पश्चाप पनि केही ती वडाअध्यक्षहरुले पार्टीको निर्णय विपरीत गई अर्को पार्टीको गतिबिधिका लागेको हुनाले सोही अनुसार जितपुर सिमरा उपमहानगरपालिका वार्डा नम्बर २३ का वाडा अध्यक्ष असलम देवान, प्रसौनी गाउँपालिका वार्डा नम्बर १ का वाडा अध्यक्ष लालबाबु मुखिया बीन, महागढीमाई नगरपालिका वार्डा नं ९ का वाडा अध्यक्ष शशिकान्त मिश्रा,वार्डा नं.२ का वाडा अध्यक्ष बिरेन्द्र चौरसीया र सोही नगरपालिका वाडा नं ४ का वाडा अध्यक्ष कृष्ण मुरारी लगायतलाई २४ घण्टे लिखित रुपमा स्पष्टिकरण माग गरेको छ । चित बुझदो जवाफ नआए उनीहरुलाई पार्टीबाट निस्कान समेत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

Comment


Related News

Latest News

Trending News