अपडेट 
२०७८ बैशाख १९, आईतवार ०८:००

कोरोना भाइरसले भयावह रुप लिन थालेको भन्दै मास्क लगाउन प्रदेश २ प्रमुख डा. राजेश झा ‘अहिराज’ले जनकपुरधामको पसल पसलमा पुगेर अनुरोध गरेका छन् ।

प्रदेश प्रमुख झाले शनिवार जनकपुरधामको कैयौं पसलमा पुगेर व्यापारी र सेवाग्राहीलाइ मास्क प्रयोग गर्न अनुरोध गरेका हुन् । भानुचोकस्थित कपडा पसमा पुग्दा व्यापारी र सेवाग्राहीले मास्क लगाएको नदेखेपछि प्रदेश प्रमुख झाले हात जोडर मास्क प्रयोग गर्न अनुरोध गरे । उनले व्यापारी र सेवाग्राहीलाई भने, ‘कोरोनासँग भारतले सकिरहेका छैन । नेपाली कसरी थेग्छ ? कम्तिमा तपाईहरु मास्क प्रयोग गर्नुस् ।’ मास्क नबोकेका कैयौं व्यक्तिलाई उनले मास्क समेत वितरण गरेका छन् । मास्क प्रयोग बढाउन जनकपुरधाममा प्रहरीले कारबाही अभियान नै चलाए । तर पनि मास्क प्रयोग गर्न सर्वसधारण अटेर गरिरहेका छन् । पछिल्लो समय प्रहरी पनि लचिलो भनेपछि मास्क प्रयोग गर्नेको संख्या पुनः घट्न थालेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News