अपडेट 
२०७८ बैशाख १९, आईतवार ०८:११

जनकपुरधाम । धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाईहरुले धारिलो हतियार प्रहार गरि हत्या गरेको छ ।

जिल्लाको हाँसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशिला देवि मण्डल र भाईहरु जय मण्डल र अनिल मण्डलले घरेलु हतियार चाकु प्रहार गरी हत्या गरेको छ । शुक्रवार मध्यराती भएको घरायसी विवादमा तीनै जनाले मिलेर कुटपिट गरि धारिलो हतियार प्रहार गरी शम्भुको हत्या गरिएको धनुषाको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मृतक मण्डलको घाँटी र शरीरको विभिन्न भागमा काटिएको छ । श्रीमती सुशिलाको आफ्नै देवरसँग अवैध सम्बन्ध रहेको र श्रीमानले थाहा पाउदाँ घटना भएको हुन सक्ने प्रहरीको पराम्भिक अनुसन्धानमा देखिएको छ । यता, मृतक मण्डलको शव पोस्टमर्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा राखिरएको छ । शनिवार साँझ सम्म मृतको पोस्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यता,घटनामा संलग्न सुशिला, जय मण्डल र अनिल मण्डल फरार रहेको र उनीहरुको खोजि तिव्र रुपमा भईरहेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News