२०७८ बैशाख १९, आईतवार ०८:१७

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञालाई अवज्ञागर्दै वीरगन्जमा सरकारी निकायले नै तालिम संचालन गरेकोछ ।

तालिमको सर्वत्र आलोचना हुन थालेपछि स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते देखि पर्सा जिल्लाभरि निषेधाज्ञा जारी गरेपनि तथ्यांक कार्यालयका प्रमुख केशव ज्ञवालीले गृह मन्त्रालयको आदेशमा तालिम संचालन गरेको बताउदै तालिम नरोक्ने अडान लिएका थिए । विवाहमा २५ जना भन्दा बढीलाई सहभागि हुन नदिने प्रशासनले १ सय ५६ जनालाई सानो कोठामा कोचेर संक्रमणको बेला तालिम लिन बाध्य गराईएको हुँदा तालिम दिने संस्थाका प्रमुखलाई कारवाही गर्न सहभागिहरुले माग गरेका थिए । निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गरिएको ज्ञवालीले दावी गरेका थिए । ‘सीडीओको अनुमतिअनुसार एउटा कोठामा २५ देखि २८ जनासम्म राखेर ५ वटा कोठामा परीक्षा सञ्चालन गर्न लागेका थियौँ’ ज्ञवालीले भने, पूर्व अनुमति अनुसार तालिम सञ्चालन गरेपनि बिरोध भएपछि स्थगित गरिएकोछ ।

वीरगञ्ज महानगरपालिका–१५ स्थित सिद्धार्थ इन्टरनेशन कलेजमा अयोजित तालिममा प्रशिक्षक र परीक्षार्थी सहित १ सय ३६ जनाको सहभागिता रहेको थियो । निषेधाज्ञा जारी गर्ने निकायले नै भिडभाड गरेर परीक्षा सञ्चालन गर्ने अनुमति दिएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेको आलोचना समेत भएको छ । निषेधाज्ञा जारी गरिएको अवस्थामा परीक्षामा सहभागि नभए करार नियुक्ती बदर गर्ने चेतावनी दिएका कारण बाध्य भएर परीक्षा दिन उपस्थित भएको सहभागिहरुले बताए । ‘कोरोना भाइरसको महामारीले बढी प्रभावित काठमाण्डु र नेपालगञ्जमा पनि तालिम सञ्चालन गर्ने खबर पाएपछि पर्सामा पनि तालिम सञ्चालन गर्ने निर्णय गरेका थियौँ’ ज्ञवालीले भने , तिब्ररुपमा कोरोना संक्रमण बढेको कारण लगाईएको निषेधाज्ञाको समयमा जनगणनाका गणकहरुलाई भेला गरी तालिमको बिरोध भएपछि तालिम स्थगित गराएको हो । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेलाई जानकारी गराएपछि तालिम स्थगित भएको थियो । तालिममा सहभागि हुन पर्साको ठोरी देखि १४ वटै पालिकाका महिला, पुरुषहरु आएका थिए ।

Comment


Related News

Latest News

Trending News