अपडेट 
२०७८ बैशाख १९, आईतवार ०९:०१

देशका धेरै ठाउँमा पानी परिरहेको छ । शनिबार राति प्रदेश १ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।

भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद्ले बताएका छन् । अहिले पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । दिउँसो बागमती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News