अपडेट 
२०७८ बैशाख १९, आईतवार ०९:३२

आंशिक र पूर्ण गरी थप १२ जिल्लामा निषेधाज्ञाको घोषणा भएको छ ।

 उदयपुर, गुल्मी, झापा, डडेल्धुरा, रुकुम  पश्चिम, जाजरकोट र सल्यानमा पूर्ण निषेधाज्ञा लागू भएको छ । सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको हो ।  यस्तै, गुल्मी र जाजरकोटमा गएरातिदेखि पूर्ण निषेधाज्ञा लागेको गृह मन्त्रालयले जनाएको छ । झापामा भने भरे राति १२ बजेदेखि पूर्ण निषेधाज्ञा लागू हुनेछ ।बाजुराको हिमाली गाउँपालिकामा बिहान ५ बजेदेखि आंशिक निषेधाज्ञा लागू भएको छ । यसैगरी दार्जुलाको महाकाली नगरपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । मोरङको विराट महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा  तथा भारत र सुनसरीसँग सीमा जोडिएको क्षेत्रमा निषेधाज्ञा लागेको छ । काभ्रेमा भरे रातिदेखि आंशिक निषेधाज्ञा हुनेछ । गोरखाको भीमसेनथान गाउँपालिकाकाे वडा नम्बर ७ र ८ मा गएराति १२ बजेदेखि निषेधाज्ञा छ । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरसहित  बाँके, सुर्खेत, कैलालीलगायत जिल्लामा यसअघि नै पूर्ण निषेधाज्ञा सुरु भइसकेको छ  ।

अहिलेसम्म आंशिक र पूर्ण गरी ३० जिल्लामा निषेधाज्ञा लागू भएको छ ।

Comment


Related News

Latest News

Trending News