२०७८ बैशाख १९, आईतवार २०:२६

सरकारलाई कोरोना भाइरस विरुद्धको लडाईमा भरपुर साथ दिदै आएका क्लोथ बैंक नेपालले दोस्रो भेरियेन्टको कोरोनालाई परास्त गर्नका लागि सय वेडको आइसोलेसन सेन्टर संचालन गर्ने भएको छ ।

बैंकले आइसोलेसन सेन्टर संचालन गर्नका लागि बैंकको टिमले आइतवार प्रदेश का मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर कोरोना संक्रमण रोकथाम तथा उपचारको सन्दर्भमा ध्यानाकर्षण गराएको छ । कोरोनाको दोस्रो लहरसंगै आउन सक्ने विषम परिस्थितीसंग जुद्दन अपनाइने उपाय तथा बैंकले विगत र हाल समेत सञ्चालन गरिरहेको कोभिड केयर अभियान सम्बन्धमा मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण गराइएको हो । बैंकका अध्यक्ष राजिव झाले नगराईनको गंगुली स्थितको यस अघिको आइसोलेशनलाई बैंकले आफनो स्वामित्वमा तत्कालै सय बेडको सेवा सहित आइशोलेसन सञ्चालन गर्न चाहिरहेकाले केहि प्राविधिक सहयोग गर्न आग्रह गरेका छन् । टिममै गएका तत्कालिन आइशोलेसन तथा मिथिला आयुर्वेद कलेजका सञ्चालक झाले गत वर्ष आइशोलेसन सञ्चालन वापतको घर भाँडा यहाँ सम्म की बिजली बिल समेत नपाएको गुनासो गरे । बैंकका अधयक्ष राजीव झाले कम्तीमा विजली बिल सहित न्युनतम खर्च प्रदेश सरकारबाट उपलब्ध भए हामी तत्कालै सय बेडको अक्सिजन सहितको आइशोलेसन सुरु गर्ने वताए ।

अति विपन्न तथा गरिवहरुलाई निशुल्क कपडा वितरण गर्दै आएका क्लोथ वैंक नेपालले पहिलो चरणको कोरोना भाइरसलाई परास्त गर्न अधिराज्यभरि अभियान संचालन गरेका थिए भने विश्वभरि नै शुरु भएको दोस्रो भेरिएन्टको कोरोना भाइरस विरुद्ध पुनः वैंकले अभियान संचालन गरेको छ । बैंकले गत वर्ष कोरोनाकालमा प्रदेश २ सहित अधिराज्य भरमा एक हजार भन्दा बढि संक्रमितलाई निःशुल्क चिकित्सकीय परामर्श, २ सय ७० जनालाई औषधी उपचार, ३० जनालाई अक्सिजन सर्पोट र एक हजार भन्दा बढिलाई निःशुल्क मास्क र सेनिटाइजर सेवा उपलब्ध गराएको उल्लेख छ । ८० जना दक्ष चिकित्सकहरुको समुह बनाएर निःशुल्क चिकित्सकीय परामर्श दिएको क्लोथ बैंकले पुनः यस पाली भरपर्दा सेवा दिन चाहेकाले सहयोग गर्न गरिएको अपिल प्रति शुभकामना दिदै मुख्यमन्त्री राउतले क्लोथ बैंकको अभियान सान्दर्भीक रहेको भन्दै अव समन्वय गरि हिडनु पर्ने बताए ।

भेटघाटमा उपस्थित प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आफुले पनि बैंकमा ५ वटा अक्सिजन शिलिन्डर सहयोग गरेको भन्दै बैंकको अभियान सार्थक पार्नुपर्ने बताए । बैंकको टोलीमा अक्सिजन बैंकका संयोजक मनोज चौधरी, चिकित्सकीय टोलीका संयोजक डा. अजय मिश्र, बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनिष झा, कोषाध्यक्ष रुबी झा सहभागि थिए ।

Comment


Related News

Latest News

Trending News