अपडेट 
२०७८ बैशाख २०, सोमबार ०७:५७

कोरोना संक्रमणले पर्साको अवस्था बेहोल छ । पर्सामा निरन्तर अत्यधिक संख्यामा कोरोना पुष्टि हुँदै आएको थियो । तर आईतवार पर्साभन्दा धनुषामा बढी संक्रमित भेटिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा आईतवार पछिल्लो २४ घण्टामा ९८ महिलासहित ३६२ जनामा कोरोना पुष्टि भयो । जसमध्ये धनुषाका ११३ र पर्साका १११ जना छन् । यस्तै सप्तरीमा ११, रौतहटमा १५, सर्लाहीमा ११ र बारामा २६ जना संक्रमित भेटिएको छ । धनुषामा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । शनिवार दिउँसो ४ बजेको तथ्यांक अनुसार धनुषामा ४०३ जना सक्रिय संक्रमित थिए । तर आईतवार १२२ सक्रिय संक्रमित थपिएर ५२५ पुगेको छ । सबभन्दा बढी पर्सामा सक्रिय संक्रमित १५ सय बढी छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २९ सय १२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा २७ सय ७७ र संस्थागत आइसोलेसनमा मात्र १३५ जना बसेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्साका २ जनाको मृत्यू भएको छ । वीरगञ्ज महानगरपालिका ९ रानीघाटकी ७४ वर्षीया महिला र छिपहरमाई गाउँपालिका ३ झमैयाका ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यू भएको हो । उनी दुवै जनाको मृत्यू उपचारकै क्रममा भएको नारायणी अस्पतालले जनाएको छ । योसँगै यस प्रदेशमा मृत्यु हुनेहरुको संख्या २३५ पुगेको छ । सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २६ र पर्सामा सबभन्दा बढी ६९ जनाको मृत्यू भएको हो । पर्सामा मृत्यू भएका एकजना भारतीय नागरिक छन् ।

Comment


Related News

Latest News

Trending News