अपडेट 
२०७८ बैशाख २०, सोमबार ०९:५१

देशभर मौसम बद्ली भएको छ ।

हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी केही ठाउँ र प्रदेश-२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । काठमाण्डौ उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यूनचापीय क्षेत्र र बङ्गालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

Comment


Related News

Latest News

Trending News