अपडेट 
२०७८ बैशाख २०, सोमबार ११:०८

भारतमा पछिल्लो २४ घण्टामा साढे तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यो आँकडा करिब ५० देशमा एक दिनमा भेटिएको केसभन्दा पनि बढी हो । दोस्रो लहरमा तीब्र रुपमा भइरहेको संक्रमणको चेन तोड्नका लागि कोभिड टास्क फोर्सका सदस्यले देशव्यापी रुपमा लकडाउनको माग गरेका छन् ।

यी सदस्यमा एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) समावेश छन् । यसमा केन्द्र सरकारले सोमबार निर्णय लिनसक्ने भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । दुबै संस्थाका सदस्यले एक हप्तादेखि देशव्यापी लकडाउनको माग गरिरहेको बताइएको छ । आइसीएमआरले कोरोनाको दोस्रो लहरको चरम अवस्था अझ आउन बाँकी भएको तर्क दिएको छ । संस्थाका अनुसार यो स्थितिमा संक्रमणको चेन तोड्नका लागि दुई हप्ताको पूर्ण लकडाउन आवश्यकता छ ।

हाल दिल्ली, राजस्थान, हरियाणा, ओडिशामा पूर्ण लकडाउन छ । महाराष्ट्र र पंजाबमा मिनि लकडाउन लागू गरिएको छ । यूपीमा विकेन्ड लकडाउन छ । मध्य प्रदेशमा पनि ७ मेसम्म जनता कर्फ्यू लागू गरिएको छ ।

Comment


Related News

Latest News

Trending News