२०७८ बैशाख २०, सोमबार १५:१०

 इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको खेल स्थगित भएको छ।

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोरोनाका कारण रद्द भएको हो। कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्समा कोरोनाको संक्रमण देखिएपछि खेल रद्द गरिएको छ। कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अनुसार स्थगित गरिएको म्याचलाई पछि खेलाइने छ। आइपिएल सुरु हुनुअघि पनि कोलकाताका नितिश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए।

कोरोना संक्रमण बढेको अवस्था केही खेलाडीहरू आइपिएलबाट हटेका पनि छन्।

Comment

Related News

Latest News

Trending News