अपडेट 
२०७८ बैशाख २०, सोमबार १६:२०

प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ ।  काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जाेड दिनुभयाे । 

Comment


Related News

Latest News

Trending News