अपडेट 
२०७८ बैशाख २०, सोमबार १८:१२

प्रदेश सरकारले कोरोना महामारी संग जुद्धन प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागी ४सय १७ अस्थायी दरबन्दी थप गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागी ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागी ३२/३२ लहान अस्पतालका लागी २३, र भारदह तथा पोखरिया अस्पतालका लागी १५/१५ दरबन्दी थप गर्ने निर्णयगरेको छ । कोरोना विशेषकोलागी थप गरिएको दरबन्दीहरुमा एनेस्थेसियोलोजिष्ट देखी लिएर स्वीपर सम्मको पद रहेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । यसै गरि मन्त्री परिषदको बैठकले कोरोना महामारी संग जुधन प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला – जिल्लाको जिम्मेवारी दिदै फोकल मन्त्री समेत निर्धारण गरेको छ। सप्तरी जिल्लाका लागी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागी आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागी उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय र बारा तथा पर्साका लागी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पूलको रुपमा काम गर्ने भएका छन । मन्त्री परिषदको बैठकले यस अघि पिसिसिएमसीको बैठकले गरेको निर्णयहरुलाई अनुमोदन समेत गरेको छ।

Comment


Related News

Latest News

Trending News