अपडेट 
२०७८ बैशाख २१, मंगलवार ०७:४३

कोरोना भाइरसको संक्रमण प्रदेश–२ मा फैलिरहेको बेला जनकपुरधामको मुजेलियामा अवस्थित मनिपाल अस्पतालको संरचनालाई कोभीड अस्पतालको रुपमा सञ्चालन गर्न लागेकोछ ।

बीस आईसीयू बेडं सहित प्रारम्भिक चरणमा एक सय शैय्याको कोभीड अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको सोमवार बसेको बैठकले निर्णय गरेकोछ । सरकारले २१ ीदन भित्र अस्पताललाई सञ्चालनमा ल्याउन द्रुत मार्गबाटकाम अगाडी बढाएकोछ ।जिर्ण संरचनाको पूननिर्माण, पर्खाल लगाउने, अक्सिजन पाइप लगायतका कामहरु, झ्याल, ढोका र मर्मत संभारलाई एकसाथ अगाडी बढाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सीडीई भगवान झाले जनाए । ‘भौतिक संरचना र दक्षजनशक्तिको काम एकै साथ सुरु भएकोछ ’उनले भने, हाल भूईतल्लामा अस्पताल सञ्चालन हुने र आवश्यकता परे पहिलो तल्लामा समेत एक सय शैय्या थप गर्न सकिनेछ । घनाबस्ती भन्दा अलग रहेको सो संरचनालाई अस्पतालको रुपमा सञ्चालन गर्न गत वर्षपनि तयारी भएको थियो ।तर प्रयोगमा आउन सकेको थिएन् ।प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णयगरि आपत्तकालिन प्रयोगमा ल्याउने निर्णय गरेसँगै काम अगाडी बढेकोछ । संरचना निर्माण मुख्यमन्त्रीको कार्यालयले गर्ने र जनशक्तिको प्रबन्ध समाजिक विकास मन्त्रालयले मिलाउने बताइएकोछ ।संरचनालाई अस्पतालको रुपमा प्रयोग गर्न समाजिक विकास मन्त्री नवलकिसोर साह प्रारम्भदेखि नै प्रयासरत थिए ।

पोखरामा सञ्चालित मनिपाल मेडिकल कलेजले जनकपुरधाममा साढे ३ सय शैय् याको शिक्षण अस्पताल स्थापना गर्न गुठी संस्थानबाट जग्गा प्राप्त गरेका थिए ।त्यसमा केहि संरचना निर्माण गरिएपनि हाल त्यसको अवस्था जिर्ण भइसकेकोछ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लामा कोरोना भाइरसको सकृय संक्रमितको संख्या ५ सय नाघिसकेको छ ।समुचित उपचारको सुविधा नहुँदा हुनेखानेहरु उपचारका लागि सोझै काठमाण्डु जाने गरेका छन् । विपन्न र मध्यमवर्गियहरुलाई सरकारले उपचारको समुचित प्रबन्ध नगरेको आरोप लाग्दै आएकोछ ।संख्यात्मक रुपमा धनुषा जिल्ला अध्यधिक प्रभावित रहेपनि आतंकित हुनुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News