अपडेट 
२०७८ बैशाख २१, मंगलवार १५:०८

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको समाचार एजेन्सीलाई बताए । आइपीएलको जारी खेलका दुई खेलाडी ऋद्धिमान साह र अमित मिश्रामा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएपछि बाँकी सबै खेलहरु निलम्बन गरिएको शुक्लले बताए । लिगका बाँकी खेलहरु कहिलेबाट शुरु हुन्छ भन्नेबारे केही निर्णय भैनसकेको पनि उनले बताए ।

Comment


Related News

Latest News

Trending News