२०७८ बैशाख २२, बुधबार ०७:५७

जनकपुरमा पुरुषको शव बोरामा फालिएको अवस्थामा फेला परेको छ ।

जनकपुरधाम–२३ बिन्धीस्थित सिक्सलेन सडक नजिकै बगैचामा बोरामा राखेर फालिएको अवस्थामा पुरुषको शव फेला परेको हो । घाटीमा डाम देखिएको पहिचान खुल्न नसकेको ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले बताए । बोरामा राखेर माथिबाट बाँधेर फालेको अवस्थामा मंगलबार बिहान साढे १० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रातिको समयमा शव फालेको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसैले आत्महत्या गरेपछि वा हत्या नै गरेर फालेको आशंकामा अनुसन्धान भइरहेको उनले बताए। घटनास्थलमा विशेष तालिम प्राप्त कुकुरबाट अनुसन्धान गरिएको छ। तर पानी परिरहेको कारण अनुसन्धानमा समस्या आएको डीएसपी मिश्रले बताए । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News